नियम २७
बहावदर नाप्ने उपकरण र विधि
(१) कच्चा तेल वा प्राकृतिक ग्याँस उत्पादन गर्दा ठेकेदारले कच्चा तेल वा प्राकृतिक ग्याँसको वहावदर नाप्नको लागि विभागले तोकिदिए बमोजिमको उपकरण जडान गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम उपकरणको जडान गर्ने तरिका वा कच्चा तेल वा प्राकृतिक ग्याँसको बहावदर नाप्ने, हरहिसाब गर्ने तथा क्यालिब्रेसन गर्ने प्रक्रिया विभागले तोकिदिएबमोजिम हुनेछ ।
(३) कच्चा तेलको सापेक्षित भार तथा औसत तापक्रम र कच्चा तेलमा थिग्रेनी (सेडिमेण्ट) र पानीको परिमाण निर्धारण गर्ने आधार र प्रक्रिया विभागले तोकिदिएबमोजिम हुनेछ ।
(४) कच्चा तेल वा प्राकृतिक ग्याँसको वहावदर नाप्ने उपकरण क्षतिग्रस्त भएमा वा अन्य कुनै कारणले प्रयोग गर्न नसकिने भएमा विभागले स्वीकृति गरेबमोजिम प्राप्त सर्वोत्तम तथ्याङ्क प्रयोग गरी ठेकेदारले बहावदर मूल्याङ्कन गर्नु पर्नेछ ।
(५) कच्चा तेल वा प्राकृतिक ग्याँसको बहावदर नाप्ने उपकरणको क्यालिब्रेसन पूरा भएको मितिले सात (७) दिनभित्र विभागले तोकिदिएको ढाँचामा ठेकेदारले क्यालिब्रेसनको प्रतिवेदन विभागमा पेश गर्नु पर्नेछ ।